पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलनमा

पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज पनि आन्दोलित भएका छन् । पसल बन्द गरेर उनीहरू बिहान ११ बजेतिरबाटै काठमाडौँ महानगरपालिका विरोधमा उत्रिएका हुन्।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक-खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ।

स्थानीय सामाजिक संघ संस्था, व्यावसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन्। पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यावसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ।

Logo