कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ। उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ।

Logo