तेन्जिङ नोर्गे खुला आरोहण प्रतियोगिता आगामी सोमबार

तेन्जिङ नोर्गे खुला आरोहण प्रतियोगिता आगामी सोमबार

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । मुलुकको हिमाल आरोहणप्रति ध्यानाकर्षण गराउन तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन मिलेर प्रतियोगिता आयोजना गर्ने भएका हुन्।

राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका संयोजक छिरिङ जाङबु शेर्पाले पहिलो पटक माघ १५ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता गर्न लागेको जानकारी दिए। आरोहण क्षेत्रमा रुचि राख्ने युवालाई प्रोत्साहन गर्नर आरोहण क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागेको उनले बताए।

उनले भने,‘तेन्जिङ नोर्गे शेर्पाले १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरी प्रख्यात भए पनि आरोहणको क्षेत्रमा प्रतियोगिताहुने गरेको छैन। त्यसैले हामीले पहिलो तेन्जिङ नोर्गे शेर्पाखुला आरोहण प्रतियोगिता भनेर एउटा नामकरण गरेका छौं। हाम्रो विशेष उद्देश्य के हो भने युवाहरुलाई आरोहण क्षेत्रमा प्रोत्साहित गरेर यसको कुशलता विकास गर्न रहेको छ।’

उनले यो आरोहणको प्रतियोगिता आरोही तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जली पनिहुने बताए।

प्रतियोगितामा पुरुष र महिलाहरुबीच छुट्टाछुट्टैस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र ब्याच प्रदान गरिने जनाइएको छ।

Logo