काठमाडाैँमा यस वर्षकै धेरै जाडो

काठमाडाैँमा यस वर्षकै धेरै जाडो

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। काठमाडाैँमा आज यस वर्षकै धेरै जाडो भएको छ। बिहान पौने नौ बजेको तथ्याङ्क अनुसार काठमाडाैँको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद्ले जनाएकाे छ । हिजो काठमाडाैँको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीसम्म झरेको थियो ।

मौसम पूर्वानुमान् महाशाखाले हरेक बिहान पौने नौ बजे र बेलुका पौने ६ बजे न्यूनतम तथा अधिकतम तापक्रम निर्धारण गर्छ । न्यूनतम तापक्रम जति घट्यो चिसो त्यत्ति नै बढ्छ ।

मौसमविद्का अनुसार काठमाडाैँ उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने क्रममा छ। आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने मौसम पूर्वानुमान् महाशाखाको अनुमान छ। हिजो अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस थियो।

Logo