ललितपुर महानगरकाे ‘एलएमसी अलर्ट’ एप सार्वजनिक, के-के छ सुविधा ?

ललितपुर महानगरकाे ‘एलएमसी अलर्ट’ एप सार्वजनिक, के-के छ सुविधा ?

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोबाइल एप सार्वजनिक गरेको छ ।

बिहीबार महानगरले एक कार्यक्रमकाबिच छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट तथा गुनासो पठाउन सहयोग पुग्ने उद्देश्यले एप ल्याएको जनाएको हो । यस मोबाइल एपमार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने छ । ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो नगर प्रहरीको कन्ट्रोल रुममा पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरलाई स्मार्टसीटि बनाउने योजनामा एप सार्वजनिकको काम सकिएसँगै आजबाट नै अब के गर्ने भन्ने कुरामा लाग्ने संकल्प गरे ।

Logo