अरुण चौधरीले भने- बाँसबारीकाे जग्गा कानून विपरीत भए फिर्ता गर्न तयार छु

अरुण चौधरीले भने- बाँसबारीकाे जग्गा कानून विपरीत भए फिर्ता गर्न तयार छु

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सीजी ग्रुपका प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानून विपरीत भए फिर्ता गर्ने बताएका छन् ।

बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा सीआईबीको नियन्त्रणमा रहेका चौधरीले बयानका क्रममा आफूले सबै काम कानून अनुसार नै गरेको, तर त्यसकाे विपरीत देखिए जग्गा फिर्ता गर्न तयार रहेको बताएका हुन् । उनले भनेका छन्–‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, कानून विपरीत भए सो जग्गा फिर्ता गर्न म तयार छु ।’

चौधरीलाई सीआईबीले बिहीवार नियन्त्रणमा लिएको थियो । बाँसबारी छाला जुत्ता कारखाना बन्द हुने बेलामा कारखानाले ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । जसमा सीजी ग्रुपको ‘च्याम्पियन फुटवेयर लिमिटेड’ले किनेको थियो । अहिले त्यहाँ सीजी ग्रुपकै चाँदबाग स्कुल सञ्चालनमा छ । तर, सीआईबीले २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर सीजी ग्रुपले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको जनाएकाे छ ।

Logo