रुसी सेनामा नेपालीलाई भर्ती नगर्न पुटिनलाई पठाइयो ज्ञापनपत्र

रुसी सेनामा नेपालीलाई भर्ती नगर्न पुटिनलाई पठाइयो ज्ञापनपत्र

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विनासर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।

रुसी सेनामा भर्ती भएका एक दर्जन बढी नेपालीहरु सो युद्धमा मारिएको, सयभन्दा बढी नेपालीहरु वेपत्ता भएको र ठूलो संख्यामा नेपालीहरु रुसी सेनामा भर्ती भएको तथ्य प्रकाशमा आएको शान्ति समाजले जनाएको छ ।

प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजकातर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धबाट सर्वनास बाहेक केही हासिल नभएको भन्दै कहालिलाग्दो युद्धको सिलसिला तत्काल अन्त्य गर्न आग्रह गरिएको छ ।

यसैगरी नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, पूर्वसभापतिहरु होमकान्त चौलागाई, डा.गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, शान्तिवादीहरु डा.केदारनरसिंह केसी, चन्द्रमणी बञ्जारा, किरण ढकाल, दिवाकर पुडासैनी, बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, उमा गौतम, यमुना कँडेल, रोज विष्ट, रिता अधिकारी, सुप्रिया सापकोटा, जानुका पन्त, ईश्वर पुडासैनी, नानीकाजी गिरी, सार्जन चापागाई, मणिराम दाहाल, वुद्ध रिसाल, मधु पुडासैनी, लक्ष्मण पुडासैनी, बाबुराम न्यौपाने, केशव पुनसहित शान्तिवादीहरुको सहभागिता थियो ।

यसैगरी शान्ति समाजद्वारा सञ्चालित युद्ध निषेधः शान्ति विशेष अभियानका क्रममा माघ २१ गते शान्ति समाजका चितवन, सुर्खेत, पाल्पा, दाङ र रुपन्देही शाखाले प्रदर्शन गरेका थिए । विगत २८ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको आह्वानसहित युद्धको विरोध गर्दै शान्ति समाजले युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको छ ।

Logo