अरुण चौधरीलाई थुनामा राखिरहन आवश्यक छैन, जिम्मा लिन तयार छुः वरिष्ठ अधिवक्ता थापा

अरुण चौधरीलाई थुनामा राखिरहन आवश्यक छैन, जिम्मा लिन तयार छुः वरिष्ठ अधिवक्ता थापा

केन्द्रबिन्दु
112
Shares

वरिष्ठ अधिवक्ता शम्भु थापाले उद्योगपति अरुण चौधरीलाई थुनामा राखिरहन आवश्यक नरहेको जिकिर गरेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता थापाले चौधरीलाई थुनामा राखिरहन आवश्यक नरहेको तर्क गरेका हुन् । रिहा गर्दैमा कुनै प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै म्याद थप गरिरहन आवश्यक नरहेको उनको भनाई छ ।

चौधरी भाग्दैनन् भनेर आफू जिम्मा लिन तयार रहेको बताउँदै इजलासमा उनले भने, ‘यो सार्वजनिक सम्पत्ति खाएको होइन, अक्सनमा सेयर खरिद गरेको हो । तर, ठगी र किर्ते भनेर अभियोग लगाउन खोज्नु स्वच्छन्दताको पराकाष्टा हो ।’

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा १८ माघदेखि चौधरी प्रहरी हिरासतमा छन् । यो अवधिमा प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । बयानका क्रममा चौधरीले कानूनी विपरित भए आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए ।

Logo