धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात

धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात

केन्द्रबिन्दु
112
Shares

काठमाडौंकाे धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ । करिव १ महिना अगाडिदेखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चादेखि ठूलासम्मले खेलको मनोरन्जन लिन सक्नेछन्।

आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ। सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य विशेषता हो। साथै सपरिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ।

अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक भव्य कार्यक्रमको बीचमा ‘उप्स’ को उद्घाटन गरेकी छन्। रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन्। संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान् संग पुगेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेलहरु खेल्न सकिने ठाउ आकर्षक बनेको बताइन्। उनी भन्छिन्, ‘सवै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए। ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनेछन्।’ छोरी आयंकासंग पुगेकी प्रियंकाले चाँडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने पनि बताइन् ।

भारतमास्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो। नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । विभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उद्देश्य हो ।

Logo