आज ‘रोज डे’

आज ‘रोज डे’

केन्द्रबिन्दु
0
Shares

आजबाट प्रेमी प्रेमिकाहरूको लागि सुखद सप्ताह अर्थात् भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आज पहिलो दिन रोज डे । रोज डेको दिन आफ्ना प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्तिलाई प्रेम दर्शाउन गुलाफको फूल दिने गरिन्छ । आजको दिनबाट सात दिनसम्म आफ्ना प्रेमीरप्रेमिकालाई दिनहुँजस्तो विभिन्न तरिकाले प्रेम दर्शाइन्छ । अर्थात् यसरी बुझौं, १४ फेब्रुअरीको उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । आधुनिकतासँगै युवायुवतीहरूको यो दिवसप्रतिको मोह बढेको छ। खसगरी प्रेम जोडीहरूको लागि यो उत्सव हो । जहाँ उनीहरू प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् ।

किन मनाइन्छ रोज डे ?

रोज डेमा, मानिसहरूले आफ्नो मनपर्ने मानिससँग आफ्नो प्रेम व्यक्त गर्छन् । गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीकको रूपमा मानिन्छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ । उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे । अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे । आजबाट काठमाडौं उपत्यकासहित देशका ठुला सहरहरूमा गुलाफको बिक्री बढेको छ ।

रोज डेको दिन कुन गुलाफको रङकाे विशेषता के ?

रातो गुलाफ- रातो गुलाब प्रेम, जोश र भावनासँग सम्बन्धित छ । रातो गुलाफको विशेषता यो हो कि यसलाई दिएर अगाडिको मान्छेलाई आफूले आफ्नोजस्तो महसुस गराउने हो ।

पहेंलो गुलाफ- पहेंलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । यदि तपाईं आफ्ना साथीहरूलाई माया गर्नुहुन्छ भनी बताउन चाहनुहुन्छ भने तपाईंले तिनीहरूलाई पहेंलो गुलाब दिन सक्नुहुन्छ । पहेंलो रङले खुसी र राम्रो स्वास्थ्यको संकेत गर्छ ।

सेतो गुलाफ- सेतो गुलाब तब दिइन्छ जब तपाई कसैसँग धेरै झगडा गर्नुभयो तर, अब तपाईं सबै कुरा भुलेर नयाँ तरिकाले आफ्नो सम्बन्ध सुरु गर्न चाहनुहुन्छ । यसबाहेक सेतो गुलाबलाई शान्तिको प्रतीक पनि मानिन्छ ।

गुलाबी गुलाफ- भ्यालेन्टाइन डे केवल जोडीहरूको लागि मात्र होइन । तपाईं पनि आफ्नो आमाबाबुसँग यो सप्ताह मनाउन सक्नुहुन्छ । यस्तो अवस्थामा, तपाईंले रोज डेको अवसरमा उहाँहरुलाई गुलाबी गुलाब दिन सक्नुहुन्छ । गुलाबी गुलाब कसैलाई धन्यवाद दिन पनि दिइन्छ ।

सुन्तला रङको गुलाफ- यो गुलाबी रंग जोशको प्रतीक हो । यसले उत्साह, इच्छा देखाउँछ । दम्पतीहरूले आफ्नो प्रेममा जोश र उत्साहको प्रतीक सुन्तला रङको गुलाफ दिन सक्छन्

Logo