वीपीका आन्दोलित कर्मचारी काममा फर्किए

वीपीका आन्दोलित कर्मचारी काममा फर्किए

केन्द्रबिन्दु
154
Shares

विराटनगर। एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन्।

रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन्।

शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने निर्णय गरेमा शनिबार उपकुलपति कार्यलयमा भएको छलफलपछि आन्दोलन फिर्ता लिएर शिक्षक कर्मचारी काममा फर्किन सहमत भएका हुन्।

उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगित भएको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने र सो को नतिजा एक साताभित्र प्रकाशन गर्ने, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख छ।

Logo