बरिष्ठ पत्रकार भैरव रिसालले सुनाए आफ्ना रोचक अनुभव

बरिष्ठ पत्रकार भैरव रिसालले सुनाए आफ्ना रोचक अनुभव

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । जिवितमध्येका जेठा पत्रकार भैरव रिसालले लेख्न खोज्दा अक्षर बन्न नसकेर नागजस्तो आकार हुन थालेपछि आफूलाई चाँडै बुढो भैएछ कि क्या हो भन्ने महसुश हुन थालेको रोचक अनुभव सुनाएका छन्।

शनिबार बिहान इन्द्रेणी युवा क्लब अनामनगरले समाजका अग्रज, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तित्वहरु र पूर्व तथा वर्तमान राष्ट्र सेवकहरुको उपस्थितिमा सार्वजनिक स्थलमा वरिष्ठ पत्रकार रिसालको अभिनन्दन गरेको थियो। अभिनन्दन ग्रहण गरेपछि रिसालले मौलिक शैलीमा बुढेसकालको अनुभव सुनाए। ‘माया, सम्मान र स्नेह भन्ने कुरा किनेर पाईँदैन, यो सित्तैमा पाईन्छ तर, यो पाउन जीवरभरको इमान्दार लगानी चाहिन्छ’ ९६ वसन्त पार गर्दै गरेका पत्रकार रिसालले भने, ‘अझै पनि लेख्न, पढ्न र चिन्तन मनन गर्न मन लाग्छ तर लेख्न खोज्छु अक्षर नै बन्दैन अनि सोच्छु म त चाँडै पो बूढो भएछु कि क्या हो!’

अभिनन्दन कार्यक्रममा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, आयोगका वर्तमान अध्यक्ष माधव रेग्मी र क्लवका अध्यक्ष बिन्देश खनालले वरिष्ठ पत्रकार रिसाललाई आफ्नै गाउँ छिमेकमा पाउनु स्थानीयको शौभाग्य भएको बताएका थिए। पत्रकारिताका विभिन्न माध्यममा काम गरेको अनुभव सँगालेका रिसाल अहिले पनि हरेक बिहान रेडियो सगरमाथाको एउटा कार्यक्रमसँग सम्बध्द छन्।

Logo