नेपाल स्काउटको ‘शैक्षिक पद्धती’ आयुक्तमा सन्तोषकुमार थापा

नेपाल स्काउटको ‘शैक्षिक पद्धती’ आयुक्तमा सन्तोषकुमार थापा

केन्द्रबिन्दु
364
Shares

काठमाडौं। नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोष कुमार थापा निर्वाचित भएका छन् । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा राष्ट्रिय परिषदको बैठक बसेको थियो । युवा तथा खेलकुद मन्त्रि नेपाल स्काउटको राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।

१२ वर्षको अन्तरल पछि भएको निर्वाचनसँगै नेपाल स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने उनको भनाइ छ।

नेपाल स्काउटको, प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित सह-प्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । भने राष्ट्रिय कार्यकारी समिति सदस्यमा आयुक्त शिवराम अर्याल लगायत १५ जनाको केन्द्रीय समिति गठन भएको छ।

योसँगै गत माग २७ गते भएको राष्ट्रिय परिषद र प्रदेश परिषद्को निर्वाचनले पूर्णता पाएको छ भने नेपाल स्काउटले निकास पाएको बताइएको छ । नेपाल स्काउट युवाहरु को शैक्षिक संस्था हो ।

स्काउट आन्दोलन विश्वव्यापी युवा सामाजिक आन्दोलन हो जसले स्काउट विधि, अनौपचारिक शिक्षाको कार्यक्रम, जसमा प्राय: बाहिरी गतिविधिहरु, सहसिक पर्यटन, वनस्पति विज्ञान, जलजीवन, हाइकिङ, क्यम्पिंग, र खेलकुद समावेश छन् । नेपाल स्काउट १९५२ मा नेपालमा स्थापित भएको हो र यसले १९६९ मा विश्व स्काउट आन्दोलनको सदस्यता प्राप्त गरेको थियो । यसले विश्व गर्ल गाइड र गर्ल स्काउट संघको सदस्यता पनि १९८४ मा प्राप्त गरेको थियो ।

Logo