सुन तस्करी प्रकरणकाे छानबिनमा सीआईबीकै त्रुटि, प्रमुख बज्राचार्यसहितलाई कारबाही सिफारिस

सुन तस्करी प्रकरणकाे छानबिनमा सीआईबीकै त्रुटि, प्रमुख बज्राचार्यसहितलाई कारबाही सिफारिस

केन्द्रबिन्दु
84
Shares

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी किरण बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ ।

सीआईबीले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले प्रमुख एआईजी बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाहीको सिफारिस गरेको हो ।

आयोगकाे प्रतिवेदनमा उनीहरुले आराेपितलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उल्लेख छ ।

Logo