सुन तस्करी प्रकरणकाे प्रतिवेदन पुग्याे सीआईबीकाे हातमा, अब के हुन्छ ?

सुन तस्करी प्रकरणकाे प्रतिवेदन पुग्याे सीआईबीकाे हातमा, अब के हुन्छ ?

केन्द्रबिन्दु
70
Shares

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि बुझेको छ । आइतबार गृह मन्त्रालयमा सीआईबीले प्रतिवेदन बुझेको हो ।

आयोगले सुन तस्करीको छानबिनमा सीआईबीले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाहीको सिफारिस गरेको थियो । त्यसलगत्तै सिआइबी प्रमुख बज्राचार्यको सरुवा भएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालय कार्य विभागका एआईजी श्यामलाल ज्ञवालीलाई तानिएको छ ।

प्रतिवेदन बुझ्दै एआईजी ज्ञवालीले अहिले नै कसलाई कारबाही गर्ने भन्ने विषय यकिन हुन बाँकी रहेकाे र अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउने बताए ।

Skip This
Skip This
Logo