गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले आजलाई पेसी तोकेको हो।

आज प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश भएमा मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी सरकार ढल्नेछ। अन्तरिम आदेश नभएमा भने अन्तिम आदेश नहुँदासम्म गण्डकीमा अधिकारी नेतृत्वको सरकार कायम रहनेछ।

सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर अधिकारी सोमबार मुख्यमन्त्री बनेका हुन्। गण्डकी प्रदेशका सभामुखको हस्ताक्षरसहितको दाबी सदर नगर्न भन्दै पाण्डेले प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए।

तर, अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार सर्वोच्च पुगेका हुन्। रिटमा अन्तरिम आदेश माग्दै संविधान र कानुन विपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरिएको छ।

Logo