शारडा ग्रुपको अध्यक्ष शारडा इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

शारडा ग्रुपको अध्यक्ष शारडा इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्शको इन्द्रभक्त स्मृती पुरस्कारबाट सम्मानित भएका छन्।

चेम्बरको ७३औँ साधारण सभाको अवसरमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो।

शारडा ग्रुपको नेतृत्व गर्दै उनलले नेपालमा रोजगारीको अवसर श्रृजना सँगै मुलुकको आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको बताइएको छ।

शारडा समूहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको ब्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ।

प्रतिष्ठित उद्योगी तथा सामाजसेवी स्वर्गीय इन्द्रभक्त श्रेष्ठको स्मृतिमा इन्द्रभक्त स्मृती पुरस्कार नामाकरण गरीएको हो।

यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुलुकको विकासमा निभाएको भूमिकाको कदर गर्दै प्रदान गरिन्छ।

Logo