काभ्रेमा अज्ञात समूहले काट्यो करौडौँ पर्ने बुद्धचित्तको रुख

काभ्रेमा अज्ञात समूहले काट्यो करौडौँ पर्ने बुद्धचित्तको रुख

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन्।

अज्ञात समूहले गएराति रोशी गाउँपालिका–५ नागबेलीस्थित् ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख काटेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेका हुन्। बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम र नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको प्रहरीले जनाएको छ।

बुद्ध धर्मालम्बीहरूले मालाका रुपमा प्रयोग गर्ने बुद्धचित्त महँगो मानिने गर्छ।

प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।

Logo