सन्दीपको मुद्दामा उच्च अदालतले पनि माग्यो गौशाला २६को जन्मदर्ता

सन्दीपको मुद्दामा उच्च अदालतले पनि माग्यो गौशाला २६को जन्मदर्ता

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले गौशाला २६ को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो।

‘गौशाला २६ ले जन्ममिति २०६२/०२/१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९/०३/१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला,’ आदेशमा लेखिएको छ।

यसअगाडि जिल्ला अदालत काठमाडौंले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६लाई बालिग ठहर गरेको थियो।

लामिछानेले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाई पाउनुपर्ने माग गरेका छन्।

Logo