कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताए।

उनले भने, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था खोलेर सर्वसाधारण मानिसलाई आकर्षक व्याज दिने र आवश्यक परेको समयमा जम्मा भएको रकम दिने विश्वास दिलाइ उनीहरुको रकम अपचलन गरि फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष समेत चारजना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरिएको छ।’

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेज विक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहकी छिन्। उनी पनि हाल गोकर्णेश्वर बस्दै आएकी हुन्।

यस्तै, सहकारीका सञ्चालक सदस्य र सदस्य, ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सन्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ। महर्जन काठमाडौं महानगरपालिका किर्तिपुर नगरपालिका–८ का बासिन्दा थिए भने सापकोटा काठमाडौं महानगरपालिका ६ का बासिन्दा थिए।

उनीहरुलाई जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका कर्मचारीले पक्राउ गरेको हो।

उनीहरुको साथमा मोबाइल थान ६ वटा, पेनड्राइभ तीनवटा, हस्ताक्षरसहितको चेक थान ३, इको भ्यान, सहकारीको छापलगायतका सामानहरु बरामद भएको छ।

Logo