कबाडी व्यवसायीको आन्दोलन: ‘बालेन चोर, कुर्सी छोड’

कबाडी व्यवसायीको आन्दोलन: ‘बालेन चोर, कुर्सी छोड’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन्।

काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विरुद्धमा चर्को नाराबाजीसमेत गरेका छन्।

‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’लगायतका नारा उनीहरुले लगाएका छन्। यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन्।

काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन्।

पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दु:ख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए। आफूहरूको माग सम्बोधन नभए माइतीघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिकासमेत घेराउ गर्ने जनाएका छन्।

Logo