एकपटकको नेपाली सधैँलाई नेपाली: राष्ट्रपति पौडेल

एकपटकको नेपाली सधैँलाई नेपाली: राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
56
Shares

जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन्।

मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गरे।

कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र बर्लिनस्थित नेपालीहरु सहभागी थिए।

‘एक पकटको नेपाली सधैँलाई नेपाली हो। जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन तपाईंहरुको भूमिका रहनुपर्दछ,’ राष्ट्रपति पौडेलले भनेका थिए।

राष्ट्रपति पौडेलले श्रम र सामाजिक न्यायका लागि आफूले विश्व समुदायलाई अपिल गरिरहेको बताए।
सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत स्वागत गरेका थिए। राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए।

साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएका थिए।

सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो। राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए।

आज राष्ट्रपति पौडेलले समकक्षी जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ। पौडेले मंगलबार स्वदेश फर्किनेछन्।

Logo