तनहुँमा च्याउ खाँदा ५ जना बिरामी

तनहुँमा च्याउ खाँदा ५ जना बिरामी

केन्द्रबिन्दु
70
Shares

तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन्।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन्।

उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिए।

Logo