संसद भवनमा जब प्रहरीले आफैँलाई गोली हाने

संसद भवनमा जब प्रहरीले आफैँलाई गोली हाने

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।

बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए।

‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैँलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने।

उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैँले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए ।

जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ।

मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन्।

Logo