कोशी सरकारविरूद्धको रिट आज पूर्ण इजलासमा

कोशी सरकारविरूद्धको रिट आज पूर्ण इजलासमा

केन्द्रबिन्दु
70
Shares

काडमाडौं । कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज पूर्ण इजलासमा सुनुवाई हुनेछ।

यस अगाडि न्यायाधीश कुमार रेग्मी, डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलाशले हेर्दाहेर्दैमा राखेर आजका लागि पेशी तोकेको थियो।

वैशाख २६ गते कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आह्वान गरेपछि केदार कार्की सर्वोच्च अदालत गएका थिए। उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन । एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

Logo