लमजुङमा पहिरोले तीन घर पुरिए, चारजना बेपत्ता

लमजुङमा पहिरोले तीन घर पुरिए, चारजना बेपत्ता

केन्द्रबिन्दु
70
Shares

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन्। पहिरोमा परी एकजना घाइते भएका छन्।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ।

Logo