विद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

विद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्।

घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ।

घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले जानकारी दिएका छन्।

‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरुलाई चट्याङ लागेको रहेछ उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ। तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ’ बिष्टले भने।

Logo