सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo