रोटरी ई-क्लब डिस्ट्रिक्ट ३२९२ का नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार, गरे यस्ताे प्रतिवद्धता

रोटरी ई-क्लब डिस्ट्रिक्ट ३२९२ का नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार, गरे यस्ताे प्रतिवद्धता

केन्द्रबिन्दु
126
Shares

रोटरी ई-क्लब डिस्ट्रिक्ट ३२९२, नेपालका नवनियुक्त अध्यक्ष राज श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

शनिबार सम्पन्न क्लब स्थापना समारोहमा रोटरियन श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि १२ औं अध्यक्षको रूपमा पदभार ग्रहण गरेका हुन् । यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानअन्तर्गत स्थापना भई सञ्चालनमा छ ।

स्थापना समारोहमा क्लबका सदस्यहरू, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, र डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरूको सहभागीता रहेको थियो । सो अवसरमा अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि आफ्नो दृष्टिकोण र कार्य योजना प्रस्तुत गरे ।

उनले रोटरी ई–क्लबले सामुदायिक क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानहरूमा प्रकाश पारे, जसमा दलसिङे, काभ्रेमा ६७ लाख रुपैयाँको भूकम्प पुनःस्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासहरू, र वास (पानी, सरसफाइ, र स्वच्छता) परियोजनाहरू समावेश छन् ।

उनले रोटरीको ‘आफूभन्दा माथि सेवा’ को नारा लिएर क्लबका राम्रो कार्यहरूलाई अघि बढाउन सक्षम नयाँ नेतृत्व विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि र निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी विष्णु बहादुर कार्कीले गरिमा प्रदान गरेका थिए । उनीहरुले सामुदायिक विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे जानकारी गराएका थिए ।

असिस्टेन्ट गभर्नर प्रविन भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्वपूर्ण भएकोमा जोड दिए । उनले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम ‘द म्याजिक अफ रोटरी’ र डिस्ट्रिक्ट गभर्नर २०२४–२५ राजेन्द्र मान शेरचनद्वारा राखिएको लक्ष्यहरू सार्वजनिक गरे ।

एजी भट्टराईले डिस्ट्रिक्ट र क्लबसँगको सम्बन्धलाई मजबुत पार्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एसईई पास भएका तीन विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो । क्लबका सदस्य रोटरियन पूनम थापालाई पनि रोटरी लर्निंग सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकै टप ११ मा पुग्न सफल भएकोमा सम्मानित गरिएको बताइएको छ ।

Logo