‘युवा परिचालन’शिर्षकमा दक्षिण एशिया सीईई इनोवेशन हब फोरमको आयोजना

‘युवा परिचालन’शिर्षकमा दक्षिण एशिया सीईई इनोवेशन हब फोरमको आयोजना

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । अमेरिकी राज्य विभागद्वारा प्रायोजित र आईआरईएक्सद्वारा सहयोगमा सञ्चालित कम्युनिटी एङ्गेजमेन्ट एक्सचेन्ज कार्यक्रम (सी ई ई) को एक महत्वपूर्ण भागको रुपमा रहेको सी ई ई एसआरएचआर इनोवेशन हबले “हाम्रो बहिनी: स्वास्थ्य साक्षरतामा युवा परिचालन शिर्षकमा दक्षिण एशिया सी ई ई इनोवेशन हब फोरम” को आयोजना गर्ने भएकाे छ ।

युनाइटेड फर इम्प्याक्ट र अन्य साझेदारहरू जस्तै पाकिस्तानको बैठक, लोध्रान पाइलट प्रोजेक्ट (एलपीपी), शिक्षा, रोजगार, वातावरण (ईक्युब), श्रीलंकाको रेजिलियन्स एण्ड भ्वाइस आउट, र बङ्गलादेशको आआलोपानसँगको सहयोगमा याे कार्यक्रम आयोजना हुन लागेको हाे ।

फोरमले यौन तथा प्रजनन स्वास्थ्य अधिकारसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूको छलफल र समाधान गर्न विशेषज्ञहरू, नीति निर्माताहरू, र अधिकारकर्मीहरुलाई एकै ठाउँमा ल्याउनेछ ।

हाम्रो बहिनी, सुरुमा युनाइटेड फर इम्प्याक्ट नामक गैर-नाफामूलक संस्थाको नेपाली सीईई फेलो प्रकृति ढकालको नेतृत्वमा र रेजिलियन्स श्रीलंकाको सहयोगमा सञ्चालन भएको एक परियोजना हो, जसले नेपालमा किशोरीहरूमा यौन र प्रजनन स्वास्थ्य र अधिकार (एसआरएचआर) साक्षरतामा रहेको अन्तरलाई कम गर्न लक्षित गरेको थियो । शैक्षिक पहलहरू र जनचेतना कार्यक्रमहरूको माध्यमबाट यसले एसआरएचआर मुद्दाहरूमा व्यापक जानकारी प्रदान गरेर किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य राखेको थियो । नेपालको हाम्रो बहिनीको सफलताले यसलाई बङ्गलादेश, श्रीलंका, र पाकिस्तानमा सीईई एसआरएचआर इनोवेशन हबको हिस्साको रूपमा विस्तार गर्न प्रेरित गर्यो । यो इनोवेशन हब अमेरिकी राज्य विभागद्वारा प्रायोजित र आईआरईएक्सद्वारा कार्यान्वयन गरिएको कम्युनिटी एङ्गेजमेन्ट एक्सचेन्ज कार्यक्रमको एक प्रमुख हिस्सा रहेको छ ।

कार्यक्रमको सुरुवात स्वागत मन्तव्यसहितको उद्घाटन समारोहबाट हुनेछ जसमा कम्युनिटी एङ्गेजमेन्ट एक्सचेन्ज कार्यक्रम (सी ई ई) का परियोजना निर्देशक लेस माइल्सले स्वागत भाषण दिनेछन् । विशेष अतिथिहरूमा संयुक्त राज्य अमेरिकाको दूतावास नेपालका सांस्कृतिक विभागका एरिका एलोन अलेक्जेन्डर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा सर्वाइकल क्यान्सर र यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) का लागि राष्ट्रिय समन्वयक डा. समिना वैद्य राजभण्डारी, र यु एन एफ पी एमा लैङ्गिक र मानव अधिकारका कार्यक्रम विश्लेषक समीर घिमिरेले पनि मन्तव्य दिनेछन् । समारोहको प्रमुख अतिथिका रूपमा पूर्व युवा तथा खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठले कार्यक्रमलाई सुशोभित गर्नुहुनेछ । यस कार्यक्रमको आयोजक संस्थाको प्रतिनिधित्व सी ई ई इनोवेशन हबका संस्थापक र युनाइटेड फर इम्प्याक्टका कार्यकारी निर्देशक/संस्थापक प्रकृति ढकालले गर्नेछिन् ।

फोरमले दुई महत्त्वपूर्ण विषयमा छलफलहरू प्रस्तुत गर्नेछ । पहिलो प्यानल, “डिजिटल हिंसा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अन्तरसम्बन्ध बारे छलफल”, डिजिटल हिंसाले एसआरएचआरमा पहुँच र नियन्त्रणमा पर्ने प्रभावको अन्वेषण गर्नेछ। यस प्यानलमा साइबर ब्यूरो नेपालका प्रतिनिधि, आईपीएसका डा. रोशनी अमात्य, नेपाल ल क्याम्पसका अधिवक्ता रुकमणी महार्जन, बैठक संस्था की संस्थापक आयशा अमिन, र मानसिक स्वास्थ्य विशेषज्ञ प्रतिक्षा राजोपाध्याय लगायतका प्रतिष्ठित प्यानलिस्टहरूले नीति, शिक्षा र प्रविधि मार्फत यी अधिकारहरूको संरक्षणको रणनीतिहरूलाई उजागर गर्नेछन् ।

दोस्रो प्यानल, “इनफर्टिलिटी केयरमा असमानताको सम्बोधन”, इनफर्टिलिटी केयरमा रहेको असमानता र सम्भव समाधानहरूको प्रस्ताव गर्नेछ । यस सत्रका प्यानलिस्टहरूमा सांसद र स्त्रीरोग विशेषज्ञ माननीय डा. चन्दा कार्की, वोरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनाली, पूर्व एफपीएएन कार्यक्रम निर्देशक डा. बिनाले श्रेष्ठ, र वात्सल्य नेचुरल आई भी एफ क्लिनिक की स्त्रीरोग विशेषज्ञ डा. आकृति भारती सामेल छन् । यस छलफलपछि अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र हुनेछ ।
प्यानल छलफलहरूका साथै, फोरमले “जलवायु परिवर्तन विपद र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको विषयमा नेपाली दृष्टिकोण” मा एक प्रमुख भाषण समावेश गर्नेछ, जुन आईपीएएसका जलवायु परिवर्तन, लैङ्गिक र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका कार्यक्रम समन्वयक खुश्बु पौडेलले दिनु हुनेछ । यस सत्रले जलवायु परिवर्तन र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अन्तरसम्बन्धको बारेमा प्रकाश पार्ने र यी चुनौतीहरूलाई सम्बोधन गर्न समन्वित दृष्टिकोणहरूको आवश्यकता माथि जोड दिनेछ ।

सहभागीहरूले आपतकालीन अवस्थाहरूमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सेवाहरूको व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा समेत भाग लिनेछन्, जुन सीईई एसआरएचआर इनोवेशन हबका संस्थापक डा. नोभिल वेजिसेकारा र व्यवस्थापिका संसद सदस्य निशा डाँगीको सचिवालयमा पूर्व प्रमुख समेत रहेकाे सुष्मिता क्षेत्रीले सञ्चालन गर्नेछिन् ।

कार्यक्रमको अन्त्यमा एक जीवन्त सांस्कृतिक प्रस्तुति, खुला छलफल र प्रतिक्रिया सत्र, र सीईई एसआरएचआर इनोवेशन हबका सदस्य र आआलोपान-बाङ्गलादेशका पावेल रहमानद्वारा समापन मन्तव्य समेत दिइनेछ।

Logo