धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न

केन्द्रबिन्दु
56
Shares

धरान(सुनसरी) । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ घोपाको संयोजनमा आज ‘कोरा राइड साइक्किङ च्यालेन्ज’ आयोजना सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएको भन्दै स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्नका लागि ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ इभेन्ट धरानमा आयोजना गरिएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताए ।

आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मगलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी हुँदै सबै मठमन्दिर पुगेर धरान–१९ स्थित हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो ।

करिब २९ किलोमिटर दुरीमा भएको राइडमा दुई सय राइडर्सहरुले सहभागिता जनाएको प्याडलर्सका संयोजक किसन मास्केले बताए । सहभागी भएका राइडर्सहरुबाट प्रतिव्यक्ति रु दुई सय लिइएको थियो ।

प्याडलर्स समाजसेवालाई प्राथमिकतामा राखी लिएको शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ । त्यसमा गतवर्ष आयोजना गरिएको कोरा राइडबाट उठेको रकलेम धरान १४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी भएका थिए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक वर्ष जुलाइमा हुँदै आएको संयोजक किसान मास्केले बताए । धरानमा सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको उनले बताए ।

Logo