राष्ट्रपति पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान

राष्ट्रपति पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् । भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ ।

राष्ट्र प्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बाँया भागमा पसिना आएको बताइएको छ ।

Logo