लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ईको पहिलो जिल्ला परिषद् बैठक सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ईको पहिलो जिल्ला परिषद् बैठक सम्पन्न

केन्द्रबिन्दु
126
Shares

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को जिल्ला पदाधिकारी पदस्थापन तथा पहिलो जिल्ला परिषद् बैठक भव्य रुपमा सम्पन्न भएकाे छ ।

काठमाडाैंमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले पदाधिकारीहरुलाई पदस्थापना गराएका थिए । उनले नेपालको लायनहरुको सम्मानमा आफ्नो पहिलो बिदेश भ्रमण नेपालबाट आरम्भ गरेको स्मरण गराए । सेवा, नेतृत्व, सदस्यता क्षमताले नेपाली लायनहरुले गरेको काम विश्वको लागि उदाहरण रहेको पनि बताए । नेपाली लायनहरुले विमानस्थलदेखि नै भव्य स्वागत गरेकोमा धन्यवाद दिए ।

कार्यक्रम आयोजना गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतलाई धन्यवाद तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । अन्तर्राष्ट्रिय अध्यक्ष कार्यक्रममा सहभागि हुँदा नौमती बाजाको साथै पुष्प बर्षा गरेर स्वागत गरिएको थियो ।

लायन्स अन्तर्राष्ट्रिय अध्यक्ष, लायन्स अन्तर्राष्ट्रीय प्रथम महिला को महत्वपूर्ण उपस्थिति रहेको उक्त कार्यक्रम मा मल्टिपल डिस्ट्रिक्ट ३२५ को अधिकांश गभर्नर, प्रथम र द्वितीय भाईस गभर्नर, पूर्वगभर्नरहरुको सहभागिता रहेको थियो।

अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले डिस्ट्रिक्ट ३२५ ई ले लायन बर्ष को शुरुआतमा एतिहासिक रुपमा सेवाका कामहरु सम्पन्न गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेत तथा सम्पूर्ण डिस्ट्रिक्ट परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

पूर्वअन्तर्राष्ट्रिय निर्देशक तथा कार्यक्रमका मूख्य वक्ता लायन संजय खेतानले डिस्ट्रिक्ट ३२५ ई ले बिगत वर्षदेखि गर्दै आएको सेवाका अदभुत कामहरु तथा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको नेतृत्वमा भईरहेको समग्र कामहरुको बारेमा चर्चा गरे । अन्तर्राष्ट्रिय अध्यक्ष तथा प्रथम महिलाको पहिलो बिदेश भ्रमणमा नेपाल आएकोमा धन्यवाद दिँदै अन्तर्राष्ट्रियले अपेक्षा गरेको क्षेत्रमा उत्कृष्ट काम गर्ने धारणा राखे ।

डिस्ट्रिक्ट ३२५ ई का पदाधिकारी तथा अतिथि सहित क़रीब ५०० लायनहरुको उपस्थिति रहेको कार्यक्रममा डिस्ट्रिक्ट सेवा सप्ताहमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान पनि गरिएको थियो।

Logo