भारतीय विदेश सचिवले गरे पशुपतिनाथको दर्शन

भारतीय विदेश सचिवले गरे पशुपतिनाथको दर्शन

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिस्री साउने सोमबारको अवसर पारेर पशुपति पुगेका हुन् ।

उनलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक उपहार दिइएको छ । आइतबार बिहान नेपाल आइपुगेका उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । उनी आज स्वदेश फर्किँदै छन् ।

Logo