नेपाल पत्रकार महासंघको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

नेपाल पत्रकार महासंघको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको छ । महासंघको आजका लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको हो ।

निर्वाचन समितिले आज एक सूचना जारी गर्दै आजका लागि तय उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाएको हो ।

समितिले जारी गरेको सूचनामा निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासंघबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि भदौ ३० गते निर्वाचन समितिले महासंघको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्दै असोज १२ गते निर्वाचन हुने बताएको थियो ।

Logo