गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिएको समितिकाे निष्कर्ष

गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिएको समितिकाे निष्कर्ष

केन्द्रबिन्दु
560
Shares

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिले गोर्खा मिडियाको कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नै संलग्न देखिएको निष्कर्ष निकालेको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले तयार पारेको प्रतिवेदनअनुसार आर्थिक कारोवार हेर्दा तत्कालीन प्रबन्ध निर्देशक रहेका रवि लामिछाने नै संलग्न रहेको पाइएको हो । ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ ।’ प्रतिवेदनमा उल्लेख छ ।

Logo