प्रधानसेनापति सिग्देल र भारतका राजदूतबीच जङ्गी अड्डामा भेटघाट

प्रधानसेनापति सिग्देल र भारतका राजदूतबीच जङ्गी अड्डामा भेटघाट

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । शुक्रबार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Logo