धनराज र ज्योतिबीच सहमतिमै डिभोर्स भएको खुलासा

धनराज र ज्योतिबीच सहमतिमै डिभोर्स भएको खुलासा

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योति गुरुङबीच सहमतिमै डिभोर्स भएको पाइएको छ । सहकारी ठगीबारे संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदनले गुरुङ दम्पतीबीच सहमतिमै डिभोर्स भएको खुलासा गरेको हो ।

देशभरका सहकारीमा समस्या आएपछि छानविनका लागि गठित संसदीय छानबिन विशेष समितिमा यही भदौ ६ गते ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुम्भराज गुरुङले बयान दिँदा धनराज विवादमा तानिएका थिए । बयानका क्रममा उनले धनराजकी पत्नी ज्योति गुरुङ व्यवस्थापक भएका बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र धनराज पनि जानकार रहेको बताएका थिए । तर, त्यस विषयमा आलोचना भएपछि धनराज डिभोर्स नक्कली नभएको भन्दै प्रतिरक्षामा खटिएका थिए ।

आज सार्वजनिक भएको समितिको प्रतिवेदनको पूर्णपाठअनुसार ज्योतिले धनराजविरुद्ध ललितपुर जिल्ला अदालतमा विभिन्न आरोप लगाएर अंशसमेत नलिने गरी डिभोर्स गराइ पाऊँ भनेर निवेदन दिएको रसहमतिमै डिभोर्स भएको पाइएको हो । उनीहरुले विसं २०७६ सालमा डिभोर्स गरेका थिए ।

Logo