वातावरणीय दिगोपनालाई जोड दिँदै मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीको विद्युतीय सवारीसाधन र्‍याली सम्पन्न

वातावरणीय दिगोपनालाई जोड दिँदै मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीको विद्युतीय सवारीसाधन र्‍याली सम्पन्न

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । काठमाडौँमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्‍याली सम्पन्न भएको छ ।

वातावरणीय सचेतना र दिगोपन प्रवर्द्धन गर्न आयोजना गरिएको यो र्‍यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको छ ।

कार्यक्रममा सहभागीहरूमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरू, विद्युतीय सवारीसाधनका चालकहरू तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो । लुयुआन नेपालले यस कार्यक्रमको राइड पार्टनरका रूपमो रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजकहरूले विद्युतीय सवारीसाधनको महत्त्व र यसको उपयोगले दीर्घकालीन रूपमा वातावरणमा पर्ने सकारात्मक प्रभावलाई मुख्य सन्देशका रूपमा अघि सारे ।

र्‍यालीको उद्घाटन गर्दै लुयुआन नेपालका सेल्स एण्ड मार्केटिङ हेड शंकर शर्माले भने, “विद्युतीय सवारीसाधनहरू दिगो भविष्यतर्फको बाटो हुन् । हामीले आजको र्‍यालीमा सहभागिता जनाएर प्रदूषण कम गर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्त्वपूर्ण छ ।” उनले आयोजकहरूलाई धन्यवाद दिँदै विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैलाई प्रशंसा गरे ।

र्‍यालीमा लुयुआन नेपाललका विभिन्न मोडेलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको थियो । सहभागीहरू काठमाडौँको नक्सालमा अवस्थित लुयुआन नेपाललको शोरुमबाट शुरु गर्दै उपत्यकाको प्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनः नक्साल मै फर्किएका थिए । उक्त र्‍यालीले आम जनतालाई विद्युतीय सवारीसाधनप्रति जागरुक गराएको छ । वातावरण संरक्षणको सन्देशसहित र्‍यालीले जनसमुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यस अवसरमा मिसेस नेपाल वर्ल्डकी सिईओ निशु झाले महिला सशक्तीकरणसँगै वातावरणीय संरक्षणको सन्देश फैलाउन यस प्रकारका गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । सहभागीहरूद्वारा विद्युतीय सवारीसाधन प्रयोगको प्रवद्र्धनले नेपालमा हरियाली भविष्यको आधार तयार गर्न मद्दत पुग्ने आयोजकहरूको धारणा थियो ।

Logo