पत्रकार ढुंगाना र कँडेल जेल चलान

पत्रकार ढुंगाना र कँडेल जेल चलान

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौँ । पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक ढुंगाना र प्रकाशक तथा प्रस्तोता कँडेल जेल चलान भएका हुन् ।

अदालतको अवहेलना ठहर भएसँगै उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाएको हो ।

अदालतले ‘द डार्क फाइल’ नाम दिएर प्रशारण भएको विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । यसैगरी कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ । उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।

‘सिधाकुरा’ले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अधिवक्ता हरि उप्रेतीका साथै सञ्चार उद्यमीहरू कैलाश सिरोहिया र रामेश्वर थापाको नाम जोडेर प्रशारण गरेको अडियो परीक्षणका क्रममा फेक भएको पुष्टि भएको फैसलामा उल्लेख छ ।

Logo