दशैँको मुखमा पनि कम भएनन् देश छाड्नेहरू

दशैँको मुखमा पनि कम भएनन् देश छाड्नेहरू

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । दशैँ तिहारको मुखमा देश छाड्नेहरूको संख्यामा कमि आएको छैन । महान् चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरू गाउँ पुगिरहँदा विदेशिनेहरूको संख्यामा कमि आएको छैन ।

रोजगारी र अध्ययनका लागि केही मानिसहरू टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरू देख्न सकिन्छ ।

अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरूको भनाइ छ ।

चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरूले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष ०८१–०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।

Logo