प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका हुन् ।

Logo