दशैँमा दिइने आशीर्वादका श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरूको व्याख्या गरिन्छः प्राडा भट्टराई

दशैँमा दिइने आशीर्वादका श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरूको व्याख्या गरिन्छः प्राडा भट्टराई

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपालीहरूको महान चाड दशैँको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर दशैँमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।

दशैँमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैँमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।

तर पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक वाचन गर्ने प्रचलन छ । धेरै मानिसहरूलाई यस्तो श्लोक कण्ठस्थ भए पनि यसको अर्थ भने कमैलाई थाहा छ ।

टीका लगाउने भनेको प्रकृति पूजकको रूपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्छन् उनीहरूको आफ्नै विधि छ । उनीहरूले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उनीहरूले आफ्नो विधि र भिन्नता छाडेका छैनन् ।

संस्कृत विश्वविद्यालयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वादको गहनता बुझ्दा महिला र पुरुषको अलगअलग नभएको बताउँछन् ।

‘तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ । अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन् । तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ,’ उनले भने । निधारभरि अक्षता टाँसेर अक्षताकै संख्यामा आशीर्वादलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक बनाउनुपर्नेमा संस्कृतिविद्हरूको भनाइ छ ।

Logo