यात्रुले जहाजको आपत्कालीन ढोका खोल्दा बुद्ध एयरलाइन्सको आपत्ति

यात्रुले जहाजको आपत्कालीन ढोका खोल्दा बुद्ध एयरलाइन्सको आपत्ति

केन्द्रबिन्दु
686
Shares

काठमाडौँ । बडादशैंमा यात्रुहरूको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाइजहाजका इमरजेन्सी डोअर (आपत्कालीन ढोका) खोलेका घटना सार्वजनिक भएका छन् ।

वुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपत्कालीन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ ।

बुद्ध एयरका अनुसार अक्टोबर २ तारिखका दिन विराट्नगरबाट काठमाडौं आउँदै गर्दा एक यात्रुले आपत्कालीन ढोका खोलेका थिए । त्यस्तै अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौं र बिहीबार फेरि विराट्नगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।

उडान प्रक्रियालाई नै अवरुद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ । मैदानमै रहेको जहाजको ढोला यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए ।

बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् ।

तर आपत्कालीन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्‍र्याउने संभावना रहेको प्रवक्ता कर्णको भनाइ छ । बिहीवार विहान भने विराट्नगर विमानस्थलमा यात्रुले आपत्कालीन ढोला खोलेको उनले बताए । उक्त जहाज हाल टेक्निकल टीमले चेकजाँच गरिरहेको छ । यात्रुहरूले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताएका छन् ।

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उनले बताए । हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजाय हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिए ।

उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । हाल घटेका तीनवटा घटनामा संलग्न यात्रुहरू सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ ।

Logo