दशैँको महिनामै ५५ हजार बढीले छाडे देश

दशैँको महिनामै ५५ हजार बढीले छाडे देश

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । दशैँ घरघरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दशैँ नमनाइ यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।

श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैँ नमनाइ विदेशिएका हुन् । गत वर्ष दशैँ परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।

टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैँको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् । दशैँअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ ।

दशैँको मुखमा विदेश जानेभन्दा दशैँ मनाउन स्वदेश आउनेको संख्या बढी हुने भए पनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरूको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ ।

Logo