यी हुन् रवि लामिछानेसँगै पक्राउ पूर्जी जारी हुने १४ जना

यी हुन् रवि लामिछानेसँगै पक्राउ पूर्जी जारी हुने १४ जना

केन्द्रबिन्दु
1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

तर, लामिछानेविरुद्ध मात्रै पक्राउ पूर्जी जारी भएको भने होइन । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले लामिछानेसहित १४ जनालाई पक्राउका लागि एकैपटक अनुमति दिएको हो । सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो ।

पक्राउ पूर्जी जारी हुनेमा लामिछानेसहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

Logo