काठमाडौं महानगरले गर्यो पर्यटन दिवसका अवसरमा अर्केष्ट्रा प्रदर्शन

काठमाडौं महानगरले गर्यो पर्यटन दिवसका अवसरमा अर्केष्ट्रा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व पर्यटन दिवस २०८१ का अवसरमा काठमाडौं महानगरपालिकाले विभिन्न प्रकारको नाच, बाजा र कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन गरेको छ ।

शनिबार वसन्तपुरमा पर्यटन प्रवर्धनका लागि काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवद्र्घन संघ तथा विभिन्न स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले उक्त प्रस्तुतीहरु गरेको हो ।

त्यसमा भेलु र घिन्ताङ्घिसि प्याखं, बसन्तपुर डबली, १००० जना कलाकारहरुको सामुहिक धिमे प्याखं/नृत्य, कुमारी घर अगाडी र देवलहरु, गद्दी बैठक प्रवेशद्वार अगाडीबाट अवलोकन गरिने, १२५ जना स्थानीय कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन, बसन्तपुर डबली र कला तथा हस्तकला प्रदर्शनीहरु भएका छन् ।

Logo