ओशोधाराको आयोजनामा नेपालका विभिन्न ६ स्थानमा ध्यानयोग कार्यक्रम हुने

ओशोधाराको आयोजनामा नेपालका विभिन्न ६ स्थानमा ध्यानयोग कार्यक्रम हुने

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । ओशोधाराका संस्थापक समर्थगुरु सिद्धार्थ औलियाद्वारा प्रवर्द्धित ध्यानयोग कार्यक्रम नेपालका विभिन्न ६ स्थानमा आयोजना हुने भएका छन् ।

उक्त कार्यक्रमहरु यही कार्तिक ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछन् ।

हालै समर्थगुरूबाट नियुक्त नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माका अनुसार यो कार्यक्रमले जीवनलाई हेर्ने नयाँ सकारात्मक दृष्टिकोण, उर्जाशिलता, सङ्कल्पको विकास, आफूभित्रको शान्ति, आनन्द जस्ता आत्मरुपान्तरणका विविध आयामहरुको स्पष्ट बोध गराउँछ ।

यो कार्यक्रम विद्यार्थी, गृहिणी, कर्मचारी, व्यवसायी, व्यापारी आदी जुनसुकै पेशा र लक्ष्य लिएका व्यक्तिहरुलाई उपयुक्त र फाइदाजनक हुने उनले जानकारी दिइन्।

विद्यार्थीदेखि कर्पोरेट संचालकसम्म, गृहिणीदेखि सामाजिक अभियन्तासम्म र कर्मचारीदेखि अन्य सबै व्यवसायीसम्म सबैलाई जीवनमा शान्ति, कर्ममा एकाग्रता र कुशलता, सफलताका लागि संकल्पको विज्ञान, सर्वस्विकारले भरिएको तनावरहित जीवन र ध्यान, उत्सवले भरिपूर्ण आध्यात्मिक जीवनशैली अहिले जोसुकैको आवश्यकता हो । त्यसैले यस कार्यक्रमबाट सबैले अधिकतम लाभ लिन सक्ने राष्ट्रिय संयोजक शर्माले बताइन् । उनी आफ्नो प्रथम प्रयासमा नै यस बृहत् कार्यक्रम प्रस्तुत गर्न पाउँदा उत्साहित देखिन्छिन् ।

यस कार्यक्रममा स्वयं समर्थगुरूबाट अनलाइन नाद दीक्षा प्राप्त गर्ने शुभअवसर रहने बताइएको छ ।

Logo