रवि लामिछानेमाथिको थुनछेक बहस सकियो

रवि लामिछानेमाथिको थुनछेक बहस सकियो

केन्द्रबिन्दु
1.8k
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । आइतबार कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएको हो ।

अब केही समयमै आदेश आउनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा लगिएको थियो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेको संलग्नता देखिएको निष्कर्ष निकाल्दै संसदीय छानबिन विशेष समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनी समातिएका हुन् । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Logo