जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छः गृहमन्त्री लेखक

जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छः गृहमन्त्री लेखक

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।

यसरी जारी भएको चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

यस्तै ट्राफिक उल्लघंन अभिलेख प्रणाली ‘डिजिटल चिट’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले मानिसका जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको बताएका छन् ।

मन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने सरकारका अंगहरुमध्ये प्रहरी पहिलो अंग भएको बताएका हुन् ।

उनले भने, ‘सबै सेवाहरुलाई प्रबिधिकामार्फत सम्पादन गर्ने, सम्पूर्ण शासनलाई प्रबिधियुक्त शासन बनाउने, प्रविधियुक्त प्रशासन बनाउने सबै सेवा दिने निकायहरुलाई प्रबिधि प्रदान गर्ने र मुलुकमा समग्र रुपले सुशासनको स्थापना गर्ने विषयमा हामी अगाडि बढ्ने छौं । सरकारसँग नागरिकलाई जोड्ने सरकारका अंगहरुमध्ये प्रहरी एउटा पहिलो अंग हो । जसले सरकारलाई नागरिकसँग जोड्छ । कुनै मानिस पीडामा परेको छ त्यहाँ प्रहरी खोजिन्छ । अन्यायमा परे, कानुनको उल्लंघन गरे, मान्छेलाई न्याय दिनुपर्ने ठाउँमा समेत प्रहरी चाहिन्छ । अपराध, अन्याय,गलत काम गर्ने मानिसलाई कानूनको घेराभित्र पनि प्रहरीले ल्याउनुपर्छ । त्यसकारण जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छ ।’

साथै उनले प्रहरीमा मानिसले सरकारको मुहारसमेत देख्ने गरेको बताए । उनले प्रहरीले विनम्रताका साथ प्रस्तुत भएर सेवा दिए सेवाग्राही खुसी हुने बताए ।

Logo